Aamsanchar

चन्द्रमामा पाइला टेक्ने एड्रिन विराटनगर आउने

Author Image
सोमवार, भदौ २०, २०७३

पथरी (मोरङ) :

blue-moon-2

चन्द्रमामा पुगेर मानव पाइला राख्ने नील आर्मस्ट्रङ्गसँगै अर्का यात्री बज एड्रिन मङ्गलबार विराटनगर आउँदै छन् । पहिलो अन्तरिक्ष यान एपोलो–११ मार्फत उनी पनि चन्द्रमामा पुगेका थिए।

सुनसरीको सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरमा आयोजना हुने तय भएको कार्यक्रममा नेपालीलाई आफ्नो चन्द्रमाको अनुभव सुनाउन एड्रिन मङ्गलबार विराटनगर आउन लागेको एभरेस्ट साइन्स सेन्टरका निर्देशक दिलीप अधिकारीले जानकारी दिए। अन्तरिक्ष यात्री सोमबार काठमाडौँ आउँदैछन्।

एल्ड्रिनले मङ्गलबार ठूलो सङ्ख्यामा विद्यार्थीमाझ चन्द्रमामा पाइला राख्दाको अनुभव सुनाउनु हुनेद्ध भने मङ्गल ग्रहमा बस्ती बसाउन सकिने योजनाबारे पनि आफ्नो योजनाबारे प्रस्ट पार्ने छन्। त्यसका लागि तयारी भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर