Aamsanchar

एकाबिहानै भूकम्पको धक्का

Author Image
सोमवार, भदौ २०, २०७३

काठमाडौं, ।

Earthquake_87808_42865_65330_79118_12321_22991_51764_55663_93083

सोमबार एकाबिहानै दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ । दुबैपटक दोलखालाई केन्द्रबिन्दु बनाएर परकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार गएका दुबै धक्का २०७१ साल बैसाखमा गएको शक्तिशाली भूकम्पको परकम्प हो ।

सोमबार बिहान ६ बजेर २२ मिनेटमा पहिलो धक्का महसुस गरिएको थियो । ओरङ र बिगुको बीचमा केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको परकम्प गएको हो ।

लगत्तै ७ बजेर ४९ मिनेटमा अर्को धक्का महसुस भयो । दोस्रो धक्का पहिलोको तुलनामा केही शक्तिशाली थियो । भूकम्प मापन केन्द्रका अनुसार दोस्रो धक्का ४.५ म्याग्निच्यूडको थियो भने माबु नजिकै केन्द्रबिन्दु थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)