Aamsanchar

नक्कली शैक्षिक योग्यताविरुद्ध आरोपपत्र

Author Image
बुधवार, भदौ २२, २०७३

nakkali sartifi

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियुक्तिमा नक्कली शैक्षिक योग्यता पेस गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर गरेको छ ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा आठौं तहको मेडिकल अधिकृत पदमा कार्यरत सरोजकुमार सिंहले सार्वजनिक पदको सुरु नियुक्ति लिँदा पेस गरेको योग्यताको प्रमाणपत्र झुठा देखिएको आयोगको ठहर छ ।

आयोगले सिंहको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा प्रमाणपत्र झुठा देखिएकाले निज विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर