Aamsanchar

चट्याङ लागेर आमा छोराको मृत्यु

Author Image
बुधवार, भदौ २२, २०७३

लहान  ।

चट्याङ लागेर गएराति सिरहामा आमा छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढीमाई– २ भवानीपुरका ४० वर्षीया जुर्मी सदा र उहाँको १२ वर्षीय छोरा सुरज सदा रहेको प्रहरीले जनाएको छ ।

चट्याङले सुरज सदाको घटनास्थलमै मृत्यु भएको र जुर्मी उपचारका लागि लहान लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

मृतक आमा छोराको शव स्वास्थ्य परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)