Aamsanchar

मोटरसाइकल चोरीमा संलग्न छ जना पक्राउ

Author Image
बुधवार, भदौ २२, २०७३

सुरुङ्गा (झापा)।14218479_1169051646501908_285711899_n

मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा दुई भारतीयसहित ६ जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । 
झापाका विभिन्न स्थानबाट हराएका १५ वटा मोटरसाइकलसहित मङ्गलवार पक्राउ परेका उनीहरुलाई आज इप्रका बिर्तामोडले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

चन्द्रगढी–८ का २८ वर्षीय अशोक राजवंशी, बिर्तामोड–२ का १९ वर्षीय सइदुल सेख, भारतको दार्जीलिङ माटिगडा थाना बस्ने २१ वर्षीय जीवन राजवंशी, भारतकै किसनगन्जका २१ वर्षीय मोहमद साइदुन, हल्दिवारी–१ का २० वर्षीय राम भारती र भद्रपुर–१३ का २० वर्षीय दीपक रायलाई प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरुका साथबाट १० थान चोरीका मोटरसाइकलसमेत बरामद गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

मोटरसाइकल चोरी हुने क्रम बढेपछि इप्रका बिर्तामोडले प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)