Aamsanchar

काठमाडौंमा गोली हानाहान

Author Image
बिहिवार, भदौ २३, २०७३

काठमाडौं ।

pistol_fire_756836433

काठमाडौंको मातातीर्थस्थित चिहानडाँडामा प्रहरीमाथि गोली प्रहार गर्ने समूहले छाडेको ‘लकर’मा २५ हजार रुपैयाँ फेलापरेको छ ।

लुटेरा समूहले सो लकर ललितपुरको बज्रबाराहीस्थित सन्तानेश्वर बचत तथा ऋण सहकारी लिमिटेडबाट लुटेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । सहकारीले चापागाउँ प्रहरीमा लकर चोरी भएको उजुरी दिएको थियो ।

‘क्रस फाइरिङ’मा अज्ञात समूहले छाडेको लकर सो सहकारीको हुनसक्ने भन्दै सहकारी कर्मचारी काठमाडौं प्रहरी परिसर पुगेका थिए । सहकारी कर्मचारीले ल्याएको चाबीले सो लकर खुलेको थियो । लकर खुल्दा त्यसमा करिब २५ हजार रुपैयाँमात्र पाइएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए ।

विहीबार बिहान चिहानडाँडा हुँदै मकवानपुर जाने कच्ची सडकमा टाटासुमो गाडी देखिएपछि प्रहरीले शंका लागेर पछ्याउँदै जाँदा टाटासुमोभित्रबाट गोली प्रहार भएपछि प्रहरीले जवाफी फायर गरेको थियो ।

त्यसपछि ना१ज ३९४८ नम्बरको गाडी छाडेरै ती व्यक्ति भागेका थिए । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)