Aamsanchar

बिर्तामोडमै पहिलोपटक लेजर प्रविधिद्वारा छालासम्बन्धी रोगको उपचार

Author Image
बिहिवार, भदौ २३, २०७३

lavanya a

बिर्तामोड ।
अत्याधुनिक लेजर प्रविधिद्वारा छालासम्बन्धी सम्पूर्ण रोगको उपचार पहिलो पटक बिर्तामोडमा नै शुरु भएको छ । बिर्तामोडको बोलबम पेट्रोलपम्प पछाडि लाभन्या लेजर स्कीन एण्ड हेयर सेन्टर प्रालिले बिहीबारबाट छाला सम्बन्धी सम्पूर्ण रोगको उपचार शुरु गरेको हो ।
उक्त सेन्टरको माइधामस्थित स्वामी भागवताचार्यले रिवन काटेर उद्घाटन गरे । एमडीजीपी डाक्टर हेमन्त राठी र छाला रोग विशेषज्ञ डाक्टर सन्ध्या बगडिया राठीले उक्त सेन्टर सञ्चालनमा ल्याएका हुन् ।
झापासागै मेची अञ्चल र भारतीय क्षेत्रका सेवाग्राहीलाई समेत लक्षित गरी उपचार सेवा शुरु गरिएको बताइएको छ । त्यहाा बिना अपरेशन लेजर प्रविधि मेसिनद्वारा छालाका कारण उत्पन्न हुने समस्या डण्डिफोरको दाग, तिलकोठी, मुसा, चाउरीपनाको उपचार सेवा प्रदान गरिने डा. सन्ध्याले बताइन् ।
छालाको समस्या समाधानका साथै शरीरको विभिन्न भागमा कपाल उम्रने समस्या, यौन रोग, कुष्ठ रोग, सौन्दर्य सम्बन्धी सेवाहरु उपलब्ध गराउने डा. हेमन्तले बताए । उक्त सेन्टरमा उच्चस्तरीय ल्याब, फार्मेसी, साधारण सल्यक्रिया क्लिनिक, कपाल उपचार क्लिनिकको सेवा समेत उपलब्ध भएको जनाइएको छ ।

lavanya c


त्यहाा केही समयमा नै कपाल प्रत्यारोपण सेवा पनि उपलब्ध गराइने बताइएको छ । ‘हामीले सेवाग्राहीलाई घरघरमै पुगेर सेवा दिने सोच बनाएका छौं’– डा. हेमन्तले भने – ‘हामी अनकल फार्मेसी, अनकल डाक्टर र अनकल ल्यावको सेवा उपलब्ध गराउादैछांै ।’ उनका अनुसार अब बिरामीले घरघरमै सेवा पाउने छन् । कोही बिरामी भएमा फोन गरेर बोलाएको खण्डमा डा. राठीले घरमै पुगेर सेवा दिने जनाएका छन् । यो यस क्षेत्रका लागि सेवाको नयाा रुप पनि भएको बताइएको छ ।
‘छालामा आउने सामान्य दाग र अन्य समस्याको उपचार गरेर निको पार्नुपर्छ भन्ने आम मानिसले सोच्दैनौं’ – डा. सन्ध्याले भनिन्– ‘सबै छालाका दाग र पोतोहरुको उपचार हुन्छ, तर हामीमा चेतनाको कमी छ ।’ अहिले छालाका रोगी बढेका तर उपचार गर्ने मान्यता कमैमा रहेको बताइन्छ । लाभन्या लेजर स्कीन एण्ड हेयर सेन्टरमा शरीरमा खोपिएका अनावश्यक ट्याटु मेटाउने सेवा समेत केही समयमै उपलब्ध गराइने बताइएको छ ।

navin g
सेन्टरले सरकारले तोकेको सबै मापदण्ड पुरा गरी उक्त उपचार शुरु गरेको बताइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले समेत अनुगमन गरी उक्त सेन्टरलाई सेवा सञ्चालनका लागि स्वीकृति दिइसकेको छ ।
सेन्टरको उद्घाटन समारोहमा पुगेका समाजसेवी तथा व्यवसायी नविन गट्टानी लाभन्या लेजर स्कीन एण्ड हेयर सेन्टरबाट मेची अञ्चलका सेवाग्राहीले अब सजिलै सेवा लिन सक्ने बताए ।
अब यस क्षेत्रका छालाका रोगीहरुले महागो उपचार र टाढासम्मको झन्झट व्यहोर्नु नपर्ने स्थानीय व्यवसायी सन्तोष अग्रवाल र सुशिल अग्रवाल बताउाछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)