Aamsanchar

च्याउ खाँदा नौ बिरामी

Author Image
शुक्रवार, भदौ २४, २०७३

कलैया ।

गढीमाई नगरपालिका–१६ डाकाहाका गोविन्द रानाले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै परिवारका नौ जना बिरामी परेका छन् ।

बिरामी पर्नेमा ६८ वर्षीया धनमाया, ४५ वर्षीय गोविन्द र सुकमाया, १८ वर्षीय दिवस, १५ वर्षीय एन्जल, २५ वर्षीया रीता शाही, १७ वर्षीया एन्जिला, १२ वर्षीया एलिसा र आठ वर्षीय सत्यम रमौली छन् । उनीहरुको कलैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Views: 183

प्रतिक्रिया (०)