Aamsanchar

ताइवान पठाइदिने भन्दै झापाका २३ जनाको १८ लाख ठगेर

Author Image
शुक्रवार, भदौ २४, २०७३

बिर्तामोड ।

रोजगारीका लागि ताइवान पठाइदिने भन्दै झापाका २३ जना युवालाई ठगेर एक व्यक्ति फरार भएका छन् ।
आफ्नी श्रीमती मलेसियन रहेको र साली ताइवानमा रहेकाले ताइवानबाट सालीले राम्रो कम्पनीमा काम लगाइदिने आश्वासन देखाउदै धनगढी स्थायीघर बताउने पारस मल्लले २३ जना युवाबाट १८ लाख ४२ हजार रुपैयाँ ठगेर फरार भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी परेको छ । शान्तिनगर–५ का फडिन्द्र कोइराला मार्फत झापा आएका उनले ताइवानमा मासिक ३५ हजार आर्थात नेपाली एकलख ३० रुपैयाँ नेपाली तलव हुने आश्वासन देखाएर आफूहरुबाट तीन लाखसम्म रुपैयाँसम्म रकम उठाएर फरार भएको वाहुनडाँगी–५ का फडिन्द्र पौड्यालले बताउनुभयो । मल्लले ताइवानमा साइकलको पार्ट पुर्जा बन्ने कम्पनीमा आफूहरुलाई काम लगाइदिने भन्दै रमक सङ्कलन गरेर फरार भएको पोड्यालले बताए । उनले भने–‘गाउँका चिने जानेकै मानिस फडिन्द्र कोइराला मार्फत हामीले उसलाई विश्वास ग¥यौ र रकम वुझायौं , पैसा हात पारेपछि उ अहिले सम्पर्क बाहिर छ ।’ आफूसंग पनि २ लाख ९२ हजार ४० रुपैयाँ लिएको बताउदै उहाँले अगाडि भन्नुभयो –‘केही रकम जनता वैंकमा जम्मा गरिदिए केही रकम हातैमा नगद थमाएको थिए, अहिले मसंग पैसा दिएको बैंकको भौचर चाँही प्रमाण छ । ’

14256599_903183106454984_658508935_n
उनीजस्तै शान्तिनगर–१ का बालकुमार चापागाईसंग २ लाख १२ हजार, ज्ञानु सुब्बासंग २ लाख १७ हजार, शान्ति नगर–५ का खेमराज मगरसंग २ लाख ,शान्तिनगर –४ का रुद्र कुमालसंग १ लाख , शान्तिनगर–१ का,अशोककुमार कुँवरसंग २ लाख १७ हजार, शान्तिनगर–५ का यञ्जन कोइरालासंग २ लाख ७ हजार र अन्य १६ जना युवासंग ३०÷३० हजार रुपैयाँ लिएको पीडितले बताएका छन् ।
राहदानी बनाउन लगाएर आफूहरुलाई योजनावद्ध रुपमा उनीहरुले ठगेका हुन् पीडित मध्येका चापागाईले भने–‘हामीलाई ठग्दैछ भन्नेसम्म शंक उत्पन्न हुने अवसर नै दिएनन् , हाम्रो भिषा लाग्यो भनेर भिषा पनि देखाए तर त्यो सब नक्कली रहेछ । आफूहरुले श्रममा पुगेर भिषाको वारेमा सोधेपछि बल्ल थाहाभयो हामी ठगिदै रहेछौं चापागाईले थपे–‘हामीले यि सब कुरा थाहा पाउदा नपाउदा ऊ फरार भयो ।
आफूहरुलाई श्रम गर्न भिषा थमाउदै मल्लले हामीलाई लुट्यो अब उनीहरुबाट अरु नठगिउन भनेर प्रहरीमा उजुरी पनि गरेका छौं पोडयालले भने । प्रहरीलाई खवर गरेर घटना सार्वनजिक गरेका छौं अब हामीसंग भएकोृ कागजात लिएर श्रम जान्छौं उनले भने–हामी त ठगियौ नै तर अरु नठगिउन भनेर हामी सञ्चार माध्ययमसंम्म आएका हौं ।
आफूहरु मल्ल र कोइरालाबाट नराम्ररी ठगिएको बताउदै इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी दर्ता गरको मल्ल र कोइरालाले अरुलाई गठेको भन्दैबताएका छन् । पूर्वञ्चल दैनिनकको कार्यालयमा आइपुगेका उनीहरुले हामीलाई भने – सञ्चार माध्ययनले स्थानीयवासी मान्छन तसर्थ अपराध रोक्न तपाईहले पनि चासो देखाउनुहोस् पौडेलले भन्नुभयो ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)