Aamsanchar

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु नियुक्त

Author Image
बुधवार, वैशाख २३, २०८३

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन् ।

उनलाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार नियुक्त गरेका हुन् ।

उनी प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए ।

यसअघि कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य थिए । उनी सरकारले ल्याएकोसार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम स्वतस् पदमुक्तमा परेका थिए ।

लगत्तै श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।

Views: 1

प्रतिक्रिया (०)

सम्बन्धित खबर