Aamsanchar

नाचगानमा हिँडेका व्यक्ति मृत फेला

Author Image
शुक्रवार, भदौ २४, २०७३

गुल्मी ।

download (1)

जिल्लाको जैसीथोक–५ निवासी ३७ वर्षीय जनक पोखरेल बिहीबार साँझ जैसीथोक गाउँ विकास समिति–४ स्थित छापेखोलामा मृत अवस्थामा फेला परेका छन् ।

यही भदौ २१ गते साँझ घरबाट नाचगानमा हिँडेका जनक घर नफर्किंदा घरपरिवारले खोजी गरिदिन स्थानीयवासीसँग आग्रह गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख भोला रावलका अनुसार चाडपर्वको समयमा साथीभाइसँग मदिरा सेवन गरी झगडा गरेको प्रारम्भिक चरणमा खुल्न आएको छ ।

रावलका अनुसार उनी अत्यधिक मदिरा सेवन गरी भिरबाट लडेको हुनसक्ने बताइएको छ । झगडा गर्ने सातजनालाई नियन्त्रणमा लिइएको छ । शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर