Aamsanchar

त्रिशूलीमा फेरि ट्रक खस्यो

Author Image
शुक्रवार, भदौ २४, २०७३

चितवनः

trisuli-accident-3

त्रिशूली नदीमा फेरि ट्रक खसेको छ।शुक्रवार बिहान ११ बजेतिर ट्रक चितवनको दारेचोक–३ घोप्टेभीरबाट त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

ट्रक सडकबाट झन्डै एक सय ५० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्रक खसेको स्थान नजिकै ना ३ ख ६०१७ नम्बरको नम्बर प्लेट भेटिएको भएपनि सोही ट्रकको भए नभएको पुष्टि हुन सकेको छैन।

ट्रकमा रहेका चाउचाउ र बिस्कुट छरिएको अवस्थामा भेटिएको छ। प्रहरीको टोलीले अहिले घटनास्थल पुगेर उद्धार गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर