Aamsanchar

बली दिन किशोरीको अपहरण,८ जना पक्राउ

Author Image
शुक्रवार, भदौ २४, २०७३

काठमाडौँ ।

एक १६ वर्षीया किशोरीलाई बली दिने उद्देश्यले अपहरण गरेको घटनामा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ व्यास रुम्सीगाउँका भोजबहादुर थापा छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोले थापालाई पोखराबाट पक्राउ गरेको हो । तान्त्रिक विधिद्वारा हड्डी जगाई चमत्कारिक तरिकाले आर्थिक लाभ प्राप्त गर्न १६ बर्षीय किशोरीलाई थापासहितका व्यक्तिले गत वर्ष साउन १४ गते सानार्याङबाट अपहरणगरेका थिए ।

१६ दिनसम्म अपहृत किशोरीलाई नागर्जुनमा लुकाएर राखे पनि साउन ३२ गते उनी भाग्न सफल भएकी थिइन् ।

किशोरीले प्रहरीमा उजुरी दिएपछि घटनामा संलग्न तान्त्रिक भनिएका गुरु भन्ने कानु पहरी, ओमकार शाह, यामबहादुर रोक्का, छत्रबहादुर राई, हरिबहादुर पुन मगर, उदीम बहादुर पुन र भीमबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको थियो । थापा भने फरार थिए।

प्रहरीले घटनास्थलबाट पुरातात्विक वस्तुसमेत बरामद गरेको थियो । ब्यूरोले थापालाई कारबाहीको लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा पेश गरेपछि अदालतले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल चलान गरेको छ ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर