
काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने अडान राखेका छन्।
उनले उक्त जवाफ प्रधानमन्त्रीबाहेक अरूबाट नसुन्ने बताएका छन्। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफलमा भागल लिँदै उनले प्रधानमन्त्रीले संसदलाई वेवास्ता गर्न नमिल्ने बताए।

बिहेमा अरूलाई बेहुला पठाएर हुन्छ? भन्दै उनले प्रधानमन्त्रीले नै सदनमा उत्तर दिनुपर्नेमा जोड दिए।

Views: 11


