काठमाडौं ।

परराष्ट्रमन्त्री प्रकाशशरण महत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणको तयारीका लागि आज भारत जाँदै छन् । प्रधानमन्त्रीको बिहीबारदेखि हुने भारत भ्रमणको एजेण्डा तथा भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री महत भारत जान लागेका हुन् ।

भ्रमणका विषयमाकतिपय महत्पूर्ण एजेण्डाका विष्यमा दुवै पक्षले कसरी लिने भन्ने विषयमा उनले भारतका उच्च अधिकारीसँग छलफल गर्ने जनाइएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा गएका थिए । सोही क्रममा प्रधानमन्त्री दाहलको भ्रमण मिति तय गरिएको थियो ।

Views: 191

