Aamsanchar

प्रचण्डलार्इ विदेशमन्त्री स्वराजद्वारा विमानस्थलमा स्वागत

Author Image
बिहिवार, भदौ ३०, २०७३

नयाँ दिल्लीः

prachanda-57d9f6fd95db23.92630484

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय विदेशमन्त्री सुष्मा स्वारजले स्वागत गरेकी छिन्।

चार दिने भारत भ्रमणका लागि बिहीबार भारत पुगेका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री स्वराजले विमानस्थलमै पुगेर स्वागत गरेकी हुन्।

प्रधानमन्त्री प्रचण्ड दिउँसो १२ः४५ मिनेटमा इन्दिरागान्धी विमानस्थलमा ओर्लिएका हुन्। उनलाई विमानबाट ओर्लिए लगत्तै भारतीय विदेशमन्त्री स्वराजले स्वागत गरेकी थिइन्।

प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डलको टोली भारतीय राष्ट्रपति भवनतर्फ प्रस्थान गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)