Aamsanchar

पत्रकारलाई पत्रकारितामै टिकाउनुपर्ने

Author Image
बिहिवार, भदौ ३०, २०७३

patrakar

पाल्पा  ।

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले पत्रकारितामा लागेका व्यक्तिलाई पत्रकारिता क्षेत्रमा नै जोगाएर राख्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले यहाँ आयोजना गरेको राष्ट्रिय भेलाको  उद्घाटन गर्दै पूर्व सूचना तथा सञ्चारमन्त्री रिजालले पत्रकारले स्वतन्त्र रुपमा कलम चलाउन न्यूनतम पारिश्रमिक पाउनुपर्ने बताउनुभयो ।

नेकपा (एमाले) का सचिव तथा पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले पत्रकारिता क्षेत्रले जनताको सांसदका रुपमा भूमिका खेलेकाले सञ्चार क्षेत्रको महत्व ठूलो भएको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा नैतिक आचारसंहिता हुने तर प्रशासनिक निकायले पत्रकारलाई आचारसंहिता जारी गरी कार्यान्वयन गराउन नसकिने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य वसन्तकुमार शर्माले सञ्चार जगत्ले जनताका अधिकार र सरकारका काम कारबाहीलाई जनतासमक्ष पु¥याउनुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एक जुट हुनुपर्ने बताउनुभयो ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, पूर्वसभापति सुरेश आचार्य र धर्मेन्द्र झा, पूर्वमहासचिव ओम शर्मा, पत्रकार शम्भु श्रेष्ठ र न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक पोषण केसीलगायतले श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक पाउनुपर्नेमा जोड दिनुभएको थियो । रासस
–––––––कृष्ण दर्नाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर