Aamsanchar

काठमाडौँ जिल्लालाई एक स्थानीय तह बनाउने प्रस्ताव

Author Image
शुक्रवार, भदौ ३१, २०७३

kathmanduकाठमाडौँ ।

काठमाडौँ जिल्लालाई एक स्थानीय तह बनाउने प्रस्ताव गरिएको छ ।

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले काठमाडौँ जिल्लालाई एक स्थानीय तहमा पुनःसंरचना गर्ने गरी ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोग’मा प्रस्ताव पेस गरेको आयोगका सदस्य माधव अधिकारीले जानकारी गराउनुभयो ।

समितिका संयोजक तथा स्थानीय विकास अधिकारी गोपाल अधिकारीले काठमाडौँ जिल्लालाई एकीकृत रुपमा विकास गर्नका लागि एक स्थानीय तह पुग्ने भएकाले एक वटा प्रस्ताव गर्न सुझाव दिएको बताउनुभयो ।

उहाँले जिल्लालाई आठ, नौ वा ११ तह बनाउने विकल्पमा राजनीतिक दलबीच कुरा नमिलेकाले एक बनाउने प्रस्ताव सबै दलले स्वीकार गरेको बताउनुभयो । “जिल्लालाई नै एक स्थानीय तह बनाउँदा राम्रो हुने र पछि मेट्रोसिटीका रुपमा पनि विकास गर्दै लैजान सकिने प्रस्ताव राख्यौँ”– संयोजक अधिकारीले भन्नुभयो, “राजनीतिक दलले पनि एउटा बनाउनेमा सहमत हुनुभयो । हामीले अन्य विकल्पसहित एक स्थानीय तह हुने आयोगलाई सिफारिस गरेका छौँ ।”

आयोग सदस्य अधिकारीले काठमाडौँ जिल्लालाई एक स्थानीय तह बनाउने विषयमा छलफल गरिने जानकारी गराउनुभयो ।

‘‘समग्रमा जिल्लालाई एक स्थानीय तह बनाउने गरी आयोगमा प्रस्ताव आएको छ । पछि काठमाडौँलाई मेट्रोसिटी बनाउने गरी प्रस्ताव समितिले गरेको हो”– उहाँले भन्नुभयो, “हामीले एक स्थानीय तहबारे छलफल गर्छौं तर एक वटा बनाउन हाम्रो मापदण्डले दिँदैन ।”

आयोगले कम्तीमा हिमालमा तीन, पहाड र तराईमा चार स्थानीय तह पुनःसंरचना बनाउने मापदण्डको व्यवस्था गरेको छ ।

काठमाडाँै जिल्लालाई आयोगले आठ स्थानीय तह पुनःसंरचना गर्न निर्देशन दिएको छ । अहिलेसम्म आयोगमा ३७ जिल्लाबाट स्थानीय तहको पुनःसंरचना गरी विभिन्न खाका आइसकेका छन् । आयोगले आएका खाकामध्ये मापदण्डभित्र रहेको खाकालाई अन्तिम रुपदिने आयोगका सदस्य अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१