नयाँदिल्लीः
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल संविधान कार्यान्वयन गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले सवैको भावनालाई समेट्दै नेपाल संविधान कार्यान्वयन गर्न सफल हुने विश्वास व्यक्त गरेका हुन्।
प्रधानमन्त्री मोदीले संविधान कार्यान्वयनको विषय निकाल्दै मधेसवादी दलका मागलाई प्रति इंकित गरे। मोदीले भारत नेपालको विकास निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले नेपालसँग विकास निर्माण तथा आर्थिक विकासबारे सहकार्य र साझेदारी गर्न तयार रहेको बताए।
मोदीले सम्बोधनका क्रममा निर्मण भइरहेका जलविद्युत आयोजनाको काम समयमै सक्ने विषयमा पनि दुई देशबीच सहमति भएको बताए
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 147