Aamsanchar

अमेरिकामा समुद्री आँधी

Author Image
शुक्रवार, असोज २१, २०७३

हाइटी,

_91560710_96966856-5b67-4333-84e8-4fc59e25908e

हाइटीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको समुद्री आँधी म्याथ्यु दक्षिणपूर्वी अमेरिका पुगेको छ । अहिलेसम्म आँधी अमेरिकी तटमा ठोक्किएको भने छैन ।
आँधी फ्लोरिडाको तटतर्फ गएको छ । यसले गर्दा तटीय क्षेमा ठूलो पानी परेको छ । यस्तै तीब्र गतिमा हावा पनि चलेको छ । फ्लोरिडा, जर्जिया र दक्षिण क्यारोलिनामा आपतकालीन अवस्था घोषणा गरिएको छ ।
तटीय क्षेत्रमा बसोबास गर्ने मानिस बाढीको चपेटामा पर्ने डर छ । त्यसक्षेत्रका मानिसलाई सरकारी अधिकारीले सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । फ्लोरिडाका झण्डै २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । हाइटीमा म्याथ्यु आँधीका कारण ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर