Aamsanchar

भारतीय तरकारी चालिस प्रतिशत

Author Image
सोमवार, असोज २४, २०७३

बुटवल।

vegetable

बुटवलको थोक बजारमा आउने तरकारीमध्ये ४० प्रतिशत भारतीय रहेको छ । यस क्षेत्रमा भारतीय तरकारीकै भरमा नेपाली बजार चलेको छ ।

तरकारीमा नेपाली किसानले उत्पादन बढाउँदै लगेपनि फलफूल झन्डै शतप्रतिशत नै नेपाल बाहिरको रहेको छ । भारत र चीनबाट आयात गरिएको अधिकांश तरकारी र फलफूलले यस क्षेत्रको बजार ओगटेको छ ।

यहाँ तरकारी पाल्पा, मकवानपुर, धादिङ, सल्यान, रोल्पा तथा केही मात्रामा अर्घाखाँचीबाट समेत आउने गरेपनि धेरैजसो तरकारी र फलफूलको बजार भारत रहेको बुटवल कृषि उपज थोक बजार सञ्चालक समिति अध्यक्ष कलाधर पन्थी बताउनुहुन्छ । यहाँ आउने फलफूलमा ५० देखि ८० प्रतिशत भारतबाट र बाँकी २० प्रतिशत चीनबाट आउने गरेको उहाँले बताउनुभयो ।

दसैँको समयमा नेपाली स्याउ केही मात्रामा आउने गरेपनि चीन र भारतीय स्याउले नै बजार ओगटेको उहाँ बताउनुहुन्छ । बुटवलको थोक बजारमा वार्षिक रु तीन करोड ५० लाखको कारोबार हुने गरेको छ ।

यहाँको बजारमा तरकारीको कारोबार दैनिक रु एक करोड ५० लाखसम्म हुने गरेको न्यू गौतमबुद्ध सब्जी भण्डारका सञ्चालक गौतम अग्रहरी बताउनुहुन्छ । आव २०७१।७२ मा बुटवल कृषि उपज थोक बजारमा कुल ६३ हजार ५६३ मेट्रिक टन फलफूल एवम् तरकारीको आयात भएको छ । यसमध्ये १६ हजार १०० मेट्रिक टन नेपालबाट, ४४ हजार ५६० मेट्रिक टन भारतबाट र दुई हजार ९०३ मेट्रिक टन चीनबाट आयात गर्ने गरिएको छ ।

वार्षिक रु तीन अर्ब १७ करोड ८१ लाख ५० हजार कारोबार भएको सो बजारको दैनिक रु ८८ लाख २८ हजार १९४ को कारोबार हुने भएको हो ।

त्यस्तै, आव २०७२÷७३ मा कुल ६५ हजार ४७० मेट्रिक टन आयातमध्ये नेपालभित्रबाट १५ हजार ४०० मेट्रिक टन, भारतबाट ४६ हजार ३०० मेट्रिक टन र चीनबाट तीन हजार ४०० मेट्रिक टन आयात भएको थियो । वार्षिक रु तीन अर्ब २६ करोड ४२ लाख ५० हजार कारोबार भएको सो बजारको दैनिक रु ९० लाखको कारोबार भएको देखिन्छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर