Aamsanchar

प्रधानमन्त्री प्रचण्ड भारतको गोवा प्रस्थान

Author Image
शनिवार, असोज २९, २०७३

काठमाडौँ ।

Puspakamal_dahal_380025590

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स  सम्मेलन’मा सहभागी हुन १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अाज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र सरकार प्रमुखको बैठक एवम् ब्रिक्स विमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनअघि आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालका खाडीका प्रयास (बिमस्टेक) सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा समेत  प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् ।

सम्मेलनका क्रममा गोवामा रहँदा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।  परराष्ट्र मन्त्रालयका अनुसार चीनका राष्ट्रपति सिसँग शनिबार साँझ र भारतीय समकक्षीसँग आइतबार भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

चिनियाँ राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले छिमेकीसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकतामा राखेकाले चिनियाँ राष्ट्रपतिसँग  नेपाल भ्रमणका लागि पुनः अनुराेध गर्ने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर