Aamsanchar

दसैंमा ५८ अर्बका नयाँ नोट

Author Image
शनिवार, असोज २९, २०७३

झापा । 

naya-note.jpg

दसैंका अवसरमा नेपाल राष्ट्र बैंकले ५८ अर्ब ९ करोडका नयाँ नोट बजारमा प्रवाह गरेको छ । राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू र बैंक तथा वित्तीय संस्थाबाट असोज महिनामा उक्त मूल्यबराबरका नयाँ नोट साटिएको जानकारी राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले दिए ।

साना नोटले बजारमा खुद्रा भुक्तानीलाई सहजता प्रदान गर्ने बताइएको छ । कतिपय उपभोक्ताले दसैंका अवसरमा वर्षदिनभरि विशेषगरी पूजाआजा गर्न तथा सांस्कृतिक पर्वलाई समेत पुग्ने गरी नयाँ नोट साट्ने गरेको पाइएको छ ।

अहिले प्रायः बैंकबाट पैसा निकाल्नका लागि एटीएम प्रयोग हुने र यो प्रणालीबाट साना दरका नोट निकाल्न नपाइने भएकाले पनि दसैंमा नयाँ नोट साट्नेको चाप बढ्दै गएको छ । । बैंकिङ प्रणालीले साना दरका नोट भुक्तानी गर्न गाह्रो हुने भएकाले पनि हरेक वर्ष राष्ट्र बैंकले दसैंको अवसर पारेर साना दरका नोट बजारमा पठाउने गरेको छ ।

पुराना वा ठूलो दरका नोटसँग साना दरका नयाँ नोट सटही सुविधासहित राष्ट्र बैंकले बजारमा हरेक वर्ष नयाँ नोट प्रवाह गर्दै आएको छ । राष्ट्र बैंकले हरेक वर्ष दसैंअघि नयाँ नोट बजारमा पठाउने गरेको छ । दसैं पुराना नोट खिच्ने र नयाँ नोट प्रवाह गर्ने अवसर रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर