

काठमाडौं – नेपाली कांग्रेसले नवीकरण र नयाँ क्रियाशील दर्ता गर्नका लागि एक हप्ताको समय दिएको छ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्कसहित केन्द्रीय कार्यालयको सिस्टममा इन्ट्री नभएका जिल्ला र क्षेत्रको हकमा एक साताको समय दिने निर्णय गरेको हो।
बैठकले १५ औं महाधिवेशनका लागि जिल्ला कार्यसमितिबाट क्रियाशील नवीकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिस्टममा प्रविष्ट गरी शुल्कसहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्याउने निर्णय गरेको छ।
यसैगरी १५ औं महाधिवेशनका लागि क्रियाशील नवीकरण गरी अधिवेशन सम्पन्न गरेका जनसम्पर्क समिति र अधिवेशन हुन नसकेका जनसम्पर्क समितिहरुलाई वर्गीकरण गरी सम्बन्धित जनसम्पर्क समितिको समस्या पहिचान गरी समाधान गर्ने र अधिवेशन भइसकेका जनसम्पर्क समितिका क्रियाशील सदस्यहरूको हकमा नेपाली कांग्रेसको विधान २०१७ (एघारौं संसोधन सहित) बमोजिम अद्यावधिक गर्ने निर्णय गरेको छ।




