Aamsanchar

बालोटेली सर्वोत्कृष्ट स्ट्राइकर

Author Image
शनिवार, असोज २९, २०७३

रोमः

mario-balotelli-5801bf1f1a5230.02048527

म्यानचेस्टर सिटीमा रहँदा मारियो बालोटेलीसँगको चर्चित विवादबारे प्रशिक्षक रोबर्टो मान्सिनीले यतिबेला आएर मुख खोलेका छन् । उनले बालोटेली केही वर्षयता इटालीकै सर्वोत्कृष्ट स्ट्राइकर भए पनि आफ्नै कारणले पछाडि परेको दाबी गरेका छन् ।

सन् २०१३ मा एक नियमित क्लब प्रशिक्षणमा मान्सिनी र बालोटेलीबीच हात हालाहाल भएको थियो । गेल क्लिचीलाई गम्भीर ट्याकल गरेको भन्दै मान्सिनीले उनलाई कठालोमा समातेका थिए । त्यसपछि बालोटेली पनि उनीमाथि जाइलागेका थिए ।

‘क्लिची चोटबाट मुक्त भएर मैदान फर्कने प्रयास गर्दै थिए । उनलाई ट्याकल नगर्न मैले सबै खेलाडीलाई भनेको थिएँ । तर बालोटेलीले मानेनन्’, प्रशिक्षक मान्सिनीले भनेका छन् । मान्सिनी र बालोटेली दुवै अहिले म्यान सिटीमा छैनन् । मान्सिनीसँग विवाद भएकै वर्ष बालोटेलीले म्यान सिटी छाड्नु परेको थियो । सोही वर्ष मान्सिनी पनि म्यान सिटीबाट बिदा भएका थिए ।

सन् २०११/१२ सिजनमा म्यान सिटीलाई घरेलु लिगको उपाधि जिताउन मान्सिनी र बालोटेली दुवैको भूमिका महत्वपूर्ण रहेको थियो । घरेलु लिगमा म्यान सिटीको त्यो पहिलो उपाधि थियो । म्यान सिटी छाडेसँगै बालोटेली गुमनाम झैं रहेका छन् ।एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 232

प्रतिक्रिया (०)

सम्बन्धित खबर