Aamsanchar

अख्तियारको निर्देशन सर्वाेच्चले उल्टायो

Author Image
मङ्गलवार, कार्तिक २, २०७३

काठमाडौः

adalat

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा ऊर्जा मन्त्रालयले खारेज गरेका चार जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति पत्र (लाइसेन्स) सर्वोच्च अदालतले सोमबार उल्टाइदिएको छ ।

सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले बुकुखोला, मैलुङ खोला, भोटेकोसी पाँचौं र बलेफीको लाइसेन्स रद्द गर्ने मन्त्रिपरिषद तथा ऊर्जा मन्त्रालयको निर्णय उल्टाएको हो ।

सर्वोच्चले दुई वर्षअघि काबेली ए लगायत १४ वटा आयोजनाको लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । सुरुमा खारेजीको निर्देशन दिएको काबेली ए को भने अख्तियारले नै नउल्टाउन ऊर्जालाई पुनः निर्देशन दिएको थियो । हाल काबेली निर्माण हुँदैछ ।

खारेजीमा परेकामध्ये तल्लो सोलुखोला र खोरुंगा खोलाको लाइसेन्स भने तत्कालीन ऊर्जा मन्त्री राधाकुमारी ज्ञवालीले विद्युत ऐनको दफा ३५ अनुसार करार गरी ब्युँताउन मन्त्रिपरिषद्समक्ष सिफारिस गरेकी थिइन् । उक्त सिफारिस अनुसार मन्त्रिपरिषद्ले ब्यूँताएको थियो ।

यसअघि सर्वोच्चले नै अख्तियारको निर्देशनमा खारेजमा परेको करुवाखोलाको लाइसेन्स पनि ब्यूँताउने फैसला गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर