Aamsanchar

युरोप पठाउने भनेर ७३ लाख ठग्ने दुई जना पक्राउ

Author Image
मङ्गलवार, कार्तिक २, २०७३

काठमाडौँ ।

रुस हँुदै युरोप पठाइदिन्छु भनी ठगी गर्ने शैक्षिक परामर्श केन्द्रमा कार्यरत दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

बानेश्वरमा रहेको रेकोन एजुकेसन कन्सल्टेन्सीमा कार्यरत धादिङ थाक्रे गाविस घर भई कलङ्की बस्ने सम्झना केसी र कोटेश्वरस्थित हाइलिंक एजुकेसनल कन्सल्टेन्सीमा कार्यरत कास्की सल्यान घर भई ललितपुर धोबीघाट बस्ने आनन्द केसीलाई महानगरीय प्रहरी महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

अभियुक्तले बागलुङ विनामारे गाविसका भरत विक समेतका सात जनालाई भारतको दिल्लीबाट रुस हुँदै पोर्चुगलसम्म पु¥याइदिने भनी प्रलोभनमा पारी प्रतिव्यक्ति रु १० लाख ५० हजारसम्म लिई रुससम्म पु¥याई अलपत्र पारेका थिए ।

पीडितले कारबाहीका लागि महाशाखामा निवेदन दिएपछि उनीहरु नयाँ बानेश्वरबाट पक्राउ परेको र आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले आज वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर