इटहरी ।

धरान–१५ मा डेरा गरी बस्ने सङ्खुवासभाको चेपुवा–६ का ङिमाअन्दी भोटेलाई विष्फोटक पदार्थसहित पक्राउ गरिएको छ ।
धरानस्थित भोटे बस्दैआएको कोठाबाट प्रहरीले आज गन्धक ६१ केजी, सोडा १०९ केजी, नौसादर ४१ केजी, समुन्द्र मन्थन निलोतुथो छ केजी र रक्तचन्दन तीन केजी फेला पारेको हो ।

Views: 207



