Aamsanchar

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

Author Image
सोमवार, कार्तिक २२, २०७३

झापा,

Hatti-terror_20120106093157-350x262

जङ्गली हात्तीको आक्रमणबाट झापाको पूर्वोत्तर गाबिस बाहुनडाँगीमा आज बिहान एक वृद्धको मृत्यु भएको छ।

बाहुनडाँगी-२ को चियाबगानमा घाँस काट्दै गरेका स्थानीय ६० वर्षीय मनोहरी ढुंगेलको बिहान साढे सात बजे जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

डीएसपी रेग्मीका अनुसार यसअघि पनि धान र मकै पाक्ने समयमा ५० वटासम्म हात्ती एकैपटक बाहुनडाँगी प्रवेश गर्ने गरेका थिए ।

कात्तिक १२ गते वनमन्त्री शङ्कर भण्डारीले सोलार फेन्सिङ उद्घाटन गरेपछि भने फाट्टफुट्ट मात्र हात्ती आउने गरेको उनले जानकारी दिए। जंगली हात्तिको आक्रमणबाट काक्तिक महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर