Aamsanchar

बाँदर र दुम्सीको आङ्तकले गाउँबाटै विस्थापित

Author Image
सोमवार, कार्तिक २२, २०७३

म्याग्दी,

download

म्याग्दीको भकिम्ली–९ लरेनीका दुई घर परिवार बाँदर र दुम्सीको आतंकका कारण गाउँ छोडेर हिँड्न बाध्य भएका छन् ।

जङ्गलको बिचमा रहेको गाउँ लरेनीका सूर्य किसान, हरि किसानको परिवार गाउँबाट विस्थापित भइसकेका छन् । सूर्य किसानले वर्षभरि दुःख गरेर खेतबारीमा लगाएको अन्नबाली बाँदर र दुम्सीले सखाप पार्ने गरेपछि गाउँ छोड्न बाध्य भएको बताउनुभयो ।

बाली जोगाउन लरेनीवासीले रातको समयमा लौरो, टर्चलाइट, आगोसहित घरेलु हतियार लिएर खेतबारीको छेउमा रात बिताउने गरे पनि नियन्त्रण गर्न नसकेपछि गाउँ नै छोड्नु परेको हरि किसानले बताउनुभयो ।

‘अहिलेसम्म प्रयोग गरिएका सबै घरेलु उपाय असफल भए । हामीले पनि गाउँ छोड्ने निर्णय गरिसकेका छौं’ चार घर परिवार बसोबास गर्ने गाउँका दले चर्माकारले भन्नुभयो । चर्मकारका अनुसार बाँदर र दुम्सीलाई रोक्न खोज्दा ज्यानकै जोखिम भएकाले बालबालिका र महिलाका लागि समेत घर छोड्नुपर्ने अवस्था आएको हो । खेतबारीमा लगाएको अन्नमध्ये झण्डै २० प्रतिशत मुस्किलले भित्र्याउनुपर्ने अवस्थामा दैनिक गुजारा चलाउन समेत समस्या भएको लरेनीवासीको भनाई छ ।

मकै, कोदो, आलु, तरकारी, गहुँ लगायतका अन्नबाली जोगाउन नसक्दा सधैँ छिमेकी गाउँबाट खरिद गरेर खाने गरेको गाउँलेले बताए । चार घरधुरी रहेको बस्तीबाट खेतबारीसँगै घरमा राखिएको अन्नबाली समेत जोगाउन मुस्किल भएपछि स्थानीय बासिन्दाले गाविस सचिव शिवप्रसाद शर्मालाई समेत जङ्गली जनावरबाट भएको क्षति रोक्न आवश्यक सहयोग मागेका थिए ।

‘उहाँहरूको समस्या समाधान गर्न मुस्किल छ । गाउँमा पुग्नेबाटो नै जोखिमपूर्ण छ, तत्काल वैकल्पिक स्थानमा सर्न अनुरोध गरेको छु’ सचिव शर्माले भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर