इनरुवा।

सुनसरीको हरिपुर–९ स्थित भण्टाबारीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरी बेला–५ बस्ने उमेशकुमार मण्डल रहेका छन् भने सोही स्थान बस्ने कमल मण्डल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २०७८ नंको बसले सोही दिशातर्फ जाँदै गरेको बा ३२ प ९९२० नंको मोटरसाइकललाई ठक्कर दिँदा उमेशको घटनास्थलमै मृत्यु भएको हो ।


मृतक उमेशको शव परीक्षणका लागि जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने घाइते कमलको उपचार इनरुवा अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि धरान पठाइएको छ ।
Views: 139

