Aamsanchar

अरिगालको टोकाईबाट एकको मृत्यु

Author Image
मङ्गलवार, कार्तिक २३, २०७३

पाँचथर।

hornet-in-nepal
पाँचथरको पंञ्चमी-५ बस्ने २७ बर्षिय संगीता भारतीको सोमबार अरिगालको टोकाईबाट ज्यान गएको छ।

विहान ११ बजे तिर घरबाट घास काट्न भनी गएकी भारतीको चिलाउनेको रुखमा रहेको १०\१२ वटाको संख्याले शरिरको वीभिन्न भागमा टोकदा बेहोस भएकी थिइन्।

संगिताको  स्थानिय क्लिनिक गोपेटारमा उपचारकोलागी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर