Aamsanchar

फिक्कलबाट तीन किलो गाँजासहित दुईजना पक्राउ

Author Image
मङ्गलवार, कार्तिक २३, २०७३

इलाम २३,

laguausad

इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलबाट तीनकिलो गाँजासहित दुईजनालाई सशस्त्र प्रहरी बलले सोमबार राति पक्राउ गरेको छ ।

सुनसरीको इटहरी– ७ का ७३ वर्षे भक्तबहादुर चौहान र फिक्कलका ३९ वर्षे हिरन प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।  उनीहरुका साथबाट टोटा बन्दुकको गोली पाँच वटा, खोका चार वटा, राउण्ड होल्डर दुई वटा, माटोको चिलिम एक वटा, गाँजा काट्ने छुरी र खुकुरी एक/एक वटा र ३१ प्याकेट चुरोट बरामद गरेको प्रहरीले जनाएको छ ।

गाँजाको ग्राहक बनेर उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक चेतराज जोशिले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर