Aamsanchar

नक्कली नागरीक्तासहित दुई बंगलादेशी पक्राउ

Author Image
बुधवार, कार्तिक २४, २०७३

सुनसरी।

33

सुनसरीको ईनरुवाबाट नक्कली नेपाली नागरिक्तासहित पक्राउ परेका दुई बंगलादेशीलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ।

बंगलादेशको ट्याङगल जिल्ला घर भएका हायात मियाँ भनिने आसान मियाँ र पावना जिल्ला वतन भएका समशेर भन्ने सिजारोल मल्लिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा सार्वनजिक गरिएको हो। उनीहरु कार्तिक १९ गते ईनरुवा नगरपालिका ६ स्थित जमजम होटलबाट शंकास्पद रुपमा बसिरहेको अवस्थामा पक्राउ परेका थिए। पक्राउ परेका बंगलादेशीहरुको साथबाट ३०४५|२५६६ र ३०४५|२८८४ नम्बरको नक्कली नेपाली नागरिक्ता बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बरामद नागरिक्तामा आसान मियाँका पिता पश्चिम कुशाहा-९ ठेगाना भएका इनुस मियाँ र सिजारोल मल्लिकका पश्चिम कुशाहा-४ का सुलेमान मियाँ भएको उल्लेख छ। दुबैलाई जिल्ला अदालत सुनसरीबाट सरकारी छाप दस्खत किर्ते मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर