Aamsanchar

विद्युत चोरी गर्दा…

Author Image
बुधवार, कार्तिक २४, २०७३

झापा ।

rice-mill2_201454_192246_03_05_2014

विद्युत चोरी गरी राइस मिल सञ्चालन गर्ने झापा खुदुनावारीका एक व्यक्ति कारवाहीमा परेका छन् ।

दुईवटा फेज मिटरबाट वाइपास गरी खुदुनावारीमा राजु राइस मिल सञ्चालन गर्ने राजु श्रेष्ठ (दुर्गा ) कारवाहीमा परेका हुन् ।

श्रेष्ठबाट नेपाली विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रले दुई लाख ५ हजार ६ सय ६० रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

विगत लामो समयदेखि उनले खुदुनावारीमा विद्युत चोरी गरी मिल सञ्चालन गरेपछि उनलाई कारवाही गरिएको नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका केन्द्र प्रमुख राजीवकुमार सिंहले बताउनुभयो । पछिल्लो समय झापाका विभिन्न स्थानमा विद्युत प्रशारण लाईनमा हुकिङ गरी विद्युत चोरी गर्ने क्रम बढेको जनगुनासो बढेपछि प्राविधकरणले निगरानी बढाएको केन्द्र प्रमुख सिंहको भनाई छ ।

तिहार अघिबाट प्राधिकरणले विशेष अभियान नै सञ्चालन गरेर विद्युत चुहावट नियन्त्रण कार्य शुरु गरेको र हालसम्म ६ लाख रुपैयाँ भन्दा बढी कारवाहीबाट राजश्व संकलन गरेको उहाँको भनाई छ ।

यसैक्रममा प्राधिकरणले मंगलबार शनिअर्जुन नगरपालिकाको बजार क्षेत्रबाट पानी तान्ने दुई हर्ष पावरको एकथान मोटर र ९ थान विद्युत मिटर बरामद गरेको छ ।
घरमा जडान गरिएको मिटरबाट पनि विद्युत चुहावट गरेकाले त्यस्ता मिटर बरामद गरेको केन्द्र प्रमुख सिंहले बताउनुभयो ।

यस अघि खुदुनाबारी, शनिश्चरे, चम्पापुर, सुरुङ्गा, दहीझोडा, जुकेखाडी, दुर्गापुर लगायतका क्षेत्रबाट ठूलो परिमाणमा विद्युत् मिटर, मिलमा प्रयोग गरिएका ठूला मोटर र पानी तान्ने मोटरसहित विभिन्न इलेक्ट्रोनिक्स सामग्री बरामद गरिएको प्राधिकरणले जनाएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर