Aamsanchar

आखा शिविरवाट १९० लाभान्वित

Author Image
शुक्रवार, कार्तिक २६, २०७३

चारपाने, २५ विहिबार । सहारा20161110_101124 नेपाल साकोस सेवा केन्द्र लक्ष्मीपुरको आयोजनामा शनिअर्जुन–४, विहिबारे बजार स्थित सामुदायिक भवनमा एक दिने आखा शिविर सम्पन्न गरेको छ ।

सेवा केन्द्र प्रमुख जगत कार्कीको अध्यक्षतामा भएको सिविरमा साकोस संचालक समितिका ऋण समिति सदस्यहरु शुक्र तामाङ, भिमबहादुर गिरी, सेवा केन्द्र सहयोग समिति संयोजक नेत्र नेपाल, दिव्यराज अधिकारी, मनिसा अधिकारी, कल्पना चापागाईको उस्थिती रहेको थियो ।

धैलाडुब्वा, दुर्गापुर, चारपाने र शनिअर्जुन ४ नं. वडाका सर्वसाधारणलाई लक्षीत गरेर संचालन गरेको निशुल्क आखा सिविरमा १ सय ९० जनाले आखा परिक्षण गराएका थिए भने २१ जनामा मोतीया विन्दु रहेको शिविरमा संलग्न मेची आखा अस्पतालका डाक्टर मेमलाल राजवंशीले जानकारी दिए ।

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर