Aamsanchar

बसको ठक्करबाट एकको मृत्यु

Author Image
शुक्रवार, कार्तिक २६, २०७३

इनरुवा।

accident-sketch

बसको ठक्करबाट आज यहाँ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोटाङ दिक्तेल गाविसका १५ वर्षीय लैलासरी राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७५४ नं को बसले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको हरिपुर गाविस– २ मा ठक्कर दिँदा गम्भीर घाइते भएका राईको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर