Aamsanchar

मध्य तराईमा शीतलहर सुरु, जनजीवन प्रभावित

Author Image
शुक्रवार, मंसिर २४, २०७३

वीरगंज।

COOKIE2

COOKIE2

बिहानैदेखि लाग्ने कुहिरो र चल्ने चिसो हावाले हातखुट्टा कठ्याङ्ग्रिन थालेपछि दैनिक काम गर्न सर्वसाधारणलाई समस्या भएको छ । बढ्दै गएको चिसोलाई छल्न चोक–चोकमा सर्वसाधारणले आगो बाल्न थालेका छन् ।

एक्कासी बढेको चिसोले अस्पतालहरुमा स्वाशप्रस्वासको समस्या भएका बिरामीको संख्या बढेको छ । बढेको चिसोका कारण श्वासलिन समस्या भएपछि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा दमका रोगी आउने संख्या बढेको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक मजोज गुप्ताले जानकारी दिए ।

चिसोले बृद्धबृद्धा र बालबालिका बढी प्रभावित छन् । बिहानैदेखि लाग्ने कुहिरोले गर्दा जिल्लामा सवारी दुर्घटनासमेत बढेकोे जिल्ला ट्राफिक कार्यालय पर्साले जनाएको छ । पर्सासँगै बारा, रौतहट, सर्लाही, सप्तरीमा पनि शीतलहर शुरु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर