Aamsanchar

ढकाल बन्धु हित तथा बंशावली एकीकृत समाजमा भानुभक्त

Author Image
सोमवार, मंसिर २७, २०७३

बिर्तामोड।180652_10150102191327250_607172249_6303571_6001425_n

ढकाल बन्धु हित तथा बंशावली एकीकृत समाज केन्द्रीय कार्य समितिको अध्यक्षमा भानुभक्त ढकाल चयन भएका छन् ।

ढकाल बन्धु हित तथा बंशावली एकीकृत समाज केन्द्रीय कार्यसमितिको कनकाई नपा–४ कोटीहोमस्थित ढकाल आश्रममा भएको १६ औं बार्षिक साधारणसभाले भानुभक्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा दिव्यराज ढकाल, उपाध्यक्षद्वय गणेश ढकाल, कृष्णप्रसाद ढकाल, महासचिव तुलसी ढकाल, सचिव उमानाथ ढकाल, सह–सचिव चन्द्रकान्त ढकाल(बिर्तामोड), कोषाध्यक्ष देवेन्द्र ढकाल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा पं. घनश्याम, भवानीशंकर, भीमनारायण, राजेन्द्र, पूर्णबहादुर, इन्द्रप्रसाद, युवराज, बद्री, गायत्री, चन्द्रमणि, विष्णु, सेमन्त, ओम, विष्णु, शिला, नैनकला, लोकराज, डिल्लीराज, भीमप्रसाद, मोहनलाल, बुद्धिराज, अइन्द्र, प्रेम र चन्द्रकान्त ढकाल (दानावारी) रहेका छन् ।

संस्थाको नयाँ विधान बमोजिम केन्द्रीय कार्य समिति ५१ जनाको हुनेमा हाल ३३ जनाको चयन भइसकेको र अन्य १८ जना सदस्यहरु पछि मनोनयन गर्ने बताइएको छ । संस्थाका अध्यक्ष गोविन्दप्रसाद ढकालको अध्यक्षता तथा संस्थाका सल्लाहकार संयोजक तुलसी ढकाल (भद्रपुर) को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भानुभक्त ढकालले स्वागत गरेका थिए ।

कार्यक्रममा पं. घनश्याम ढकाल, पूर्वसांसद खगेन्द्रराज ढकाल, तुलसी ढकाल (मोरङ), कृष्ण ढकाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा लेखा परीक्षण प्रतिवेदन दिव्यराज ढकालले आन्तरिक लेखा प्रतिवेदन उमानाथ ढकालले र अध्यक्षको प्रतिवेदन अध्यक्ष गोविन्द ढकालले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संघीय ढाँचा अनुसारको समिति गठन गर्दै नेपाल, भारत, भुटान, बर्मासम्मका ढकाल बन्धुहरुलाई बन्धुहीतका लागि संगठित गर्ने, ढकाल बन्धुहरुको एकीकृत बंशावली निकाल्ने लगायतको उद्देश्य रहेको बताइयो ।

त्यस्तै पितृमोक्ष र आध्यात्मिक जागरणका लागि विगतका बर्षहरुमा ढकाल बन्धुहरुले कनकाई नपा–४ कोटीहोमस्थित ढकाल आश्रममा श्रीमद् भागवत ज्ञान महायज्ञ आयोजना गरेको र यस बर्ष पनि श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजना गरिने बताइएको छ । नेपाल अधिराज्यभरी करिब ६० हजारभन्दा बढी ढकाल बन्धुहरु रहेको अनुमान गरिएको संस्थाका सह–सचिव चन्द्रकान्त ढकालले बताए ।

साधारणसभामा खुल्ला सत्रको कार्यक्रमको सञ्चालन चन्द्रकान्त ढकाल(बिर्तामोड)ले र बन्दसत्रको कार्यक्रमको सञ्चालन अध्यक्ष मण्डलका सदस्य घनश्याम ढकालले गरेका थिए ।

Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर