Aamsanchar

इन्द्र कमल प्रतिष्ठानले संञ्चालनमा ल्यायो एम्बुलेन्स

Author Image
सोमवार, मंसिर २७, २०७३

खुदुनाबारी,Indra 1

इन्द्र–कमल प्रतिष्ठान, पथरीशनिश्चरे, मोरङलाई भारतीय राजदूताबास, काठमाण्डौंको विशेष सहयोगमा प्राप्त एम्बुलेन्सलाई  पथरीशनिश्चरे नपा वडा नं. ४ सिर्जनाटोलस्थित बास्कोटा निवासमा आयोजित आमभेलाका बीच क्षेत्र नं. २, मोरङबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने माननीय चण्डीप्रसाद राइले सञ्चालनमा ल्याउनुभएको छ ।
एम्बुलेन्स बाँधिएको रिबन काट्नुहुँदै सांसद श्री राइले– परस्पर निर्भरतामा बाँचेका हाम्रा घर–परिवारहरू र समग्र समाजको संरचना अहिले विभिन्न कारणले चोइटिदै गएको छ, संयुक्त परिवारको भावनामा ठेस लाग्दै गएको छ, कतिपय ठाउँहरूमा त बृद्धबृद्धाहरू एक्लँदै गएका छन्, युवापुस्ता कि सुन्दर सपनाको परिदृश्य लिएर परदेशीयको छ कि शहरिया जीवनमा ग्रामीण परिभेष नियालिरहेको छ ।

यस्तो बेलामा सक्रिय जीवनकालमै आफ्ना श्रद्धेय बुबाआमाको सम्मानमा, सम्झनामा र दीर्घजीवन प्रदान गर्नमा यस्ता कार्य गर्नुले विद्यमान समाजमा एउटा नयाँ संस्कृति विकास भएको बताउनुभयो ।

मरणोपरान्त तामझामका काजक्रिया वा श्राद्धभन्दा क्रियाशील जीवनकालमै उहाँहरूको योगदानको यथोचित सम्मान हुनु र प्रशन्नचित्तमा जीवननिर्वाहको आधार सिर्जना गर्नु सक्नु आफैमा एकदमै राम्रो कार्य भएको भन्दै उहाँले इन्द्र–कमल प्रतिष्ठान, पथरीशनिश्चरे, मोरङका कार्ययोजनाहरूको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद कोइराला र अध्यक्षता प्रतिष्ठानकी उपाध्यक्ष कमला सुवेदीले गर्नुभएको थियो । प्रतिष्ठान निर्माणकालको अवधारण विकास र भरखरै सम्पन्न यसको साधारणसभाले अघि सारेको कार्ययोजना अनुसार पहिलो बैठकले लिएका निर्णयहरूबारे सल्लाहकार प्रमुख युवराज बास्कोटाले प्रकाश पार्नुभएको थियो ।
बास्कोटाका अनुसार प्रतिष्ठानले तत्कालका लागि एम्बुलेन्स सञ्चालनको विधि व्यवस्थापन, बुबा–आमाको जन्मोत्सवको सन्दर्भमा वृक्षरोपण, एउटा खास समुदाय आधारित विद्यार्थीहरूलाई लक्षीत गरी स्थानीय जनता उच्च माविमा १ लाख ५० हजारको ‘इन्द्र–कमल छात्रवृत्ति अक्षयकोष’ निर्माण, प्रतिष्ठानका नाममा शव–वाहन प्राप्त गर्न पहल लिने, ‘इन्द्र–कमल अस्पताल’ निर्माणको सम्भावित आधार पहिचान गर्ने, दोस्रो साधारणसभामा बिमोचन हुने गरी ‘इन्द्र–कमल ः जीवनदर्पण’ प्रकाशन गर्ने निर्णय लिएको छ ।
अन्तर्राष्ट्रिय मानवाधिकारको दिवसको मर्मस्तुत्य सन्दर्भमा आयोजित भई भव्य सम्पन्न यस कार्यक्रममा कार्यसमितिका सदस्यगण, प्रतिष्ठानका सदस्यगणका अतिरिक्त स्थापित सामाजिक अभियान्ता किशोर चाम्लिङ राई, गंगाराम कोइराला, गंगाराम न्यौपाने, नरबहादुर खोकरेललगायत स्थानीय गण्यमाण्य तथा भद्रभलाद्मीजनको उल्लेख्य उपस्थिति रहेको थियो ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर