Aamsanchar

सुनसरी र मोरङ फाइनल प्रवेश

Author Image
सोमवार, मंसिर २७, २०७३

काँकरभिट्टा,3

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पुरुष फुटबलतर्फ क्षेत्रीय छनौट प्रतियोगिता अन्र्तगत सोमबार भएको खेलमा सुनसरी र मोरङ फाइनल प्रवेश गरेका छन् ।

काँकरभिट्टा माविको खेल मैदानमा जारी क्षेत्रीय छनौट प्रतियोगितामा पाँचथरलाई हराउँदै सुनसरी फाइनल प्रवेश गरेको हो । सुनसरीले ०—३ गोलले पाचँथरलाई पराजित गर्यो । सुनसरीका तर्फबाट निशान लिम्बुले २ र विष्णु सुनुवारले १ गोल गरेका थिए ।

त्यसैगरी आजै भएको दोस्रो खेलमा सप्तरीलाई पराजित गर्दै मोरङ फाइनल प्रवेश गरेको छ । मोरङले ०—२ गोलले सप्तरीलाई पराजित गरेको थियो । मोरङका भुवन बस्नेत र इश्वर भगतले १÷१ गोल गरेका थिए ।

भोली(मङ्गलबार) हुने पहिलो खेल तेस्रो स्थानका लागि सप्तरी र पाँचथर भिँड्ने छन् भने फाइनल खेलका लागि सुनसरी र मोरङबीच प्रतिष्पर्धा हुने बताइएको छ ।

Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर