Aamsanchar

सरस्वती माविको अध्यक्षमा पुनः राजुजंग कन्दङवा

Author Image
बिहिवार, मंसिर ३०, २०७३
बिर्तामोड। 
15577383_1287122231361515_2141320853_n
बिर्तामोड–५ बुट्टाबारीस्थित सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः राजुजंग कन्दङवा सर्वसम्मतरुपमा चयन भएका छन् ।
तीन वर्षे कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमध्येबाट कन्दङ्वा बुधबार अध्यक्षमा चयन भएका हुन् । पछिल्लो समय विभिन्न सामाजिक गतिविधिमा सक्रिय कन्दङ्वा यसअघि पनि विद्यालयको अध्यक्ष थिए ।
शिक्षा ऐनको संशोधनसँगै विद्यालयको व्यवस्थापन समिति भंग भई नयाँ प्रक्रियाबाट गठन भएको बताइएको छ । समितिको सदस्य सचिवमा प्रधानाध्यापक मुक्तिप्रसाद प्याकुरेल चयन भएका छन् । सदस्यहरुमा पदमसुन्दर कन्दङवा, अनिता बराइली, सीता नुगु, केदार गिरी, देवी राई र देवी नेपाल चयन भएका छन् ।
15554866_1287122134694858_546924106_n
शिक्षा नियमावली २०२८ को आठांै संशोधन अनुसार समिति गठन गरिएको बताइएको छ । गत मंसीर ९ गने अभिभावक भेलाबाट चार जना सदस्य चयन भएका थिए । शिक्षक, प्रतिनिधि र प्रधानाध्यापकसहितको छ सदस्यीय समितिले चन्दादाता र बुद्धिजीवीबाट दुईजना मनोनित गरेको थियो ।
राजुजंग कन्दङवा विद्यालयको अध्यक्ष भएसँगै सरस्वती माविको भौतिक विकासमा उल्लेख्य योगदान पुगेको स्थानीय अभिभावक बताउँछन् । पुनः आफूलाई विद्यालयको अध्यक्षमा चयन गरी सेवा गर्ने अवसर दिएकोमा कन्दङवाले अभिभावक, शिक्षक, कर्मचारी सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर