Aamsanchar

दुर्घटना न्युनिकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम

Author Image
शुक्रवार, पौष १, २०७३

पाँचथर।

bus_accident

पाँचथरको फिदिममा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरको आयोजनामा बिहिबार दुर्घटना न्युनिकरण सम्बन्धि ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथर प्रमुख प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले बढ्दो सवारी दुर्घटनालाई नयूनिकरण गर्न तथा जाडो मौसममा लाग्ने बाक्लो हुस्सु/कुहिरोले सडकमा जम्ने शितका कारण सडक चिप्लो भई हुने सडक दुर्घटना हुने सम्भावनालाई मध्यनजर गरी सडक प्रयोगकर्ताहरु सचेत हुनु पर्ने कुरा बताउनु भएको थियो।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक पोखरेलले दुर्घटनाका कारणहरुका बारेमा अवगत गराउनु हुँदै सवारी चालकले अपनाउनु पर्ने सावधानी, सवारीको अवस्था र ट्राफिक संकेत लगायत ट्राफिक नियमका बारेमा समेत जानकारी गराउनु भएको थियो।

जिल्ला प्रहरी कार्यालय पाँचथरको सभाहलमा दिँउसो २ बजेदेखि ३:३० बजेसम्म चलेको सो कार्यक्रममा जिल्ला स्थित विभिन्न यातायात व्यवसायीहरु, साना तथा ठुला सवारी साधनका चालकहरु समेत अन्दाजी २५/२६ जनाको सहभागी थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर