Aamsanchar

गृहमन्त्री निधिद्वारा आगलागी पीडितलाई राहत वितरण

Author Image
आइतवार, पौष ३, २०७३

काठमाडौँ,

Bimalendra-Nidhi

गृहमन्त्री विमलेन्द्र निधिले तेह्रथुमको सक्रान्ति बजारका आगलागी पीडितलाई आज सरकारका तर्फबाट उपलब्ध गराइएको राहत सामग्री वितरण गर्नुभएको छ ।

सो अवसरमा मन्त्री निधिले पीडितलाई पुनःनिर्माणका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने आश्वासन समेत दिनुभयो । तेह्रथुमका सांसदसहित त्यहाँ पुग्नुभएका गृहमन्त्री निधिले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै पीडितको साथमा सरकार रहेकाले निराश नहुन आग्रह गर्नुभयो ।

यसैगरी पीडितलाई टेन्ट, लत्ताकपडालगायत सामग्री उपलब्ध गराइएको छ भने जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत खाद्यान्न, भाँडाकुँडा उपलब्ध गराइएको छ ।

तेह्रथुमको सक्रान्ति बजारमा शुक्रबार आगलागीबाट २५ घर जलेर नष्ट भएको थियो भने करिब ७० परिवार विस्थापित भएका छन् । विस्थापित प्रतिपरिवारलाई तत्काल रु १०÷१० हजार उपलब्ध गराउने निर्णय भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर