Aamsanchar

यसबर्ष घुन्सा रित्तो नहुँने

Author Image
आइतवार, पौष ३, २०७३

ताप्लेजुङ ।

img_5143

जाडो मौसम लागेसँगै बस्तीनै रितै बनाएर तल्लो क्षेत्रमा झर्ने ताप्लेजुङ घुन्साका स्थानीय यस वर्ष भने घुन्सामै बस्ने भएका छन् ।

मंसिरको मध्यदेखिनै हिमपात हुने र चिसो अत्याधिक बढ्ने यस स्थानमा यस वर्ष पुस लागि पनि हिउँ नपरेको र चिसो सहन सक्ने भएकाले यस वर्षको चिसो गाउँमै कटाउने तयारी स्थानीयले गरेका हुन् ।

यसअघि चिसोको समय सुरु हुन साथ सो स्थानका स्थानीवासी एक घण्टाको पैदल दूरीमा रहेको फले भन्ने स्थानमा झर्ने गर्दथे भने कोही सदरमुकाम फुङ्लिङ र केही काठमाडौंमा व्यापारको लागि जाने गर्दथे ।

यसअघि हिउँदमा बाक्लो हिमपात हुने यस स्थानमा उनीहरुले जाडो छल्न फलेमा अस्थायी आवास निर्माण गरेका थिए । तर यस वर्ष कम जाडो हुने अनुमानमा गाउँमानै बस्ने तयारीमा रहेको स्थानीय टाँसी तेन्जिङ शेर्पाले बताए ।

जलवायु परिवर्तनका कारण पछिल्ला वर्ष यो स्थानमा पुस–माघमा कम हिउँ पर्ने, फागुन, चैतमा बेमौसमी हिउँ पर्ने जस्ता समस्या देखिन थालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर