Aamsanchar

दलित उत्थान सञ्जालको दोस्रो साधारणसभा सम्पन्न

Author Image
आइतवार, पौष ३, २०७३

सुरुङ्गा ।

15591760_857885921020599_527985891_n

नेपाल दलित उत्थान सञ्जाल कनकाईको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
श्निबार दुर्गापुरस्थित दलित सदनमा सम्पन्न कार्यक्रममा सञ्जालका अध्यक्ष ठाकुर रसाइलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दलित लक्षित कार्यक्रमलाई अझ सशक्त बनाउनुपर्ने, नगरपालिकाबाट छुट्टिने बजेटलाई दलित महिला लक्षित बनाउनुपर्ने, ज्येष्ठ नागरिक, बालबालिका,अपाङ्ग जस्ता संघसंस्थाका क्षेत्रमा गएर दलितका साथमाम उच्च पहुँच पुर्याउनुपर्ने, छात्रवृत्ति वितरणको लागि अक्षयकोष स्थापनामा वृद्धि गर्नुपर्ने लगायतका भावी कार्य योजनाहरु प्रस्तुत गरे ।

त्यसैगरी बन्द सत्र अन्र्तगत अध्यक्ष द्धरा प्रस्तुत प्रतिबेदन तथा लेखापरिक्षको प्रतिबदन माथी छलफल भइ सर्वसम्मत पारीत गरिएको थियो । सञ्जालका अध्यक्ष ठाकुर रसाइलीको अध्यक्षतामा रहेको कार्यक्रममा सांसद प्रेमबहादुर गिरीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका गिरिले जातिय विभेदको कारणले भावनात्मक रुपमा नकारात्मक असरले गर्दा नकारात्मक हर्मेान बढेर गैरदलितको भन्दा दलित को आयु दश बर्ष कम हुने गरेको बताएका छन् ।दलितको नाममा समाजमा हुदै आएको जातिय विभेद समाज तथा राष्टका लागी नै एउटा ठुलो समस्या भएको बताएका छन् ।

नेपालको कानुनमा जातिय विभेदको अन्त्य भइसक्दा पनि व्यवहारमा लागु नहुनु दुख भएको बताउदै यसको अन्तय हुनु जरुरी रहेको बताएका छन् ।साथै सञ्जाललाइ सांसद विकास कोषबाट निरन्तर सहयोग गर्ने बताएका छन् ।

कार्यक्रममा दलित अगुवा भक्तबहादुर घतानी, डम्बर शासंकर, मानबहादुर शासंकर, गीता सुजीलाई दोसल्ला र सम्मानपत्रद्वा्रा सम्मान गरियो ।

यसै गरी कनकाइ नगरपालीका भित्रका सामुदायीक विद्यालयबाट २०७२ सालमा एस्ं एल्.सी परिक्षामा उत्कृष्ट भएका दलित विद्यार्थीहरु रेजिना विक, ल्क्ष्मीदेवी सार्की, दीपक नेपाली, रोश्नी दर्जी, नन्दिका विक, सुरेश लकान्द्य्री, भावना कालिकोटे, लक्ष्मी बाह्रकोटी, मेनुका वयलकोटी,् रविना दर्जीेलाई सम्मान गरियो थियो ।कार्यक्रममा संघीइ लिम्ूवानका हाङवीर राई, भवन निर्माण समितिका सदस्य रमेश श्र्ष्ठ, नेकपा एमाले कनकाई नगर कबमिटी अध्यक्ष कोमल पन्त, दलित भवन निर्माण समितिका अध्यक्ष टंक सिन्चौरी ,जग्गादात राजेन्द्र पोखरेललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन सञ्जालका सचिव दल बहादुर विश्वकर्माले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर