Aamsanchar

क्षमता वृद्धिसंगै वनभोज सम्पन्न

Author Image
आइतवार, पौष ३, २०७३

झापा

15492066_561099574084739_8916539661406677164_n

झापाको विर्तामोडमा रहेको रेडियो विराट ८८.५ मेगार्हजले रेडियोको क्षमता वृद्धि भएको उपलक्ष्यमा वनभोजको कार्यक्रम गरेको छ ।

पाँच सय वाटबाट दुई हजार वाटको क्षमता बनाएको खुशीयालीमा वन भोजको आयोजना गरिएको प्रबन्ध निर्देशक लीला अनमोलले जानकारी दिएकी छन् ।

शनिबार कनकाई नगरपालिका स्थित जामुनखाडी सिमरार क्षेत्रमा आयोजना गरिएको वनभोज कार्यक्रममा रेडियोका स्टेसन म्यानेजर देवेन्द्र प्रसाईले रेडियो दुई हजार वाटको भएको भन्दै अब रेडियो पूर्वाञ्चलका अधिकांश जिल्लाका साथै भारतको विभिन्न भुभागमा पनि सुन्न सकिने बताए । अनलाईन मार्फत विश्वभर सुन्न सकिने रेडियोको क्षमता वृद्धिसंगै यसलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन सबैले मेनहत गर्ने प्रबन्ध निर्देशक अनमोलको भनाई थियो ।

कार्यक्रममा रेडियो लाई सुचना तथा जानकारीको क्षेत्रमा अगाडी बढाउन तथा सबै क्षेत्रमा समाचारलाई सत्य तथ्य र निस्पक्ष रुपमा स्रोता माझ पु¥याउन कुनै कमी नराख्ने समाचार सम्पादक नरेन्द्र ढकाले बताए। कार्यक्रमहरुलाई समय सापेक्ष र प्रभावकारी रुपमा लैजाने विषयमा पनि रेडियोले अझ मेनहत गर्ने स्टेसन म्यानेर प्रसाईको भनाई थियो ।

वनभोज कार्यक्रममा रेडियो विराटमा आवद्ध सबै कर्मचारीहरुका साथै, सुर्योदय टेलिभिजन, रेडियो भिजन, आँगन एफ.एमका साथै विज्ञापनदाताहरु, ब्यवसायी तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर