Aamsanchar

८ औं साधारणसभा सम्पन्न

Author Image
सोमवार, पौष ४, २०७३

खुदुनाबारी,

15390682_1032777280201765_8695548796956706309_n
बेल्टार खानेपानी उपभोतmा तथा सरसफाई समितिले आफनो ८ औं साधारणसभा सम्पन्न गरेको छ । साधारणसभालाई उदघाटन गदै क्षेत्र नम्बर ४ का सासद प्रेम बहादुर गिरीले स्थानीय कैंदले खानेपानी सहित बेल्टार खानेपानीको अगुवाइ गदै खुदुनाबारीका नागरिकलाई शुद्ध पिउने पानी दिर्घकालिन रुपमा उपलब्ध गराउन बेल्टार लागि पर्नुपर्ने बताए ।

खुदुनाबारी बजारलाई सुन्दर र सफा बजार बनाउन आफू लागि परेको बताउँदै सबैमा सहयोग गर्ने आग्रह गरे । कार्यक्ममा सासद गिरीले आफ्ना विकास निर्माणका योजना खोतल्दै दानाबारी देखि दुर्गापुरको डिपिआर बन्न लागेको बताए । मदनपुर देखि राजनमार्गको सडक ठेकदारले ठेक्का लिएको जनाउँदै मदनपुर हुँदे साधुटार जाने सडक समेत कालोपत्रे निर्माणको काम रोकिएको आफनो ध्यानआकर्षण भएको सांसद गिरीले बताए । गिरीले भालुखोप,तिनघरे,दुर्गापुर हुदै रातेजाने सडकको डिपिआर निर्माणको लागि स्थानीय राजनैतिक दलहरु सँग सहयोग गरिदिन आग्ह गरे ।

बेलटार खानेपानीका अध्यक्ष योग प्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनता उच्च मा.वि.का प्रध्यानध्यापक जय प्रकास भण्डारी,अभियान नेपाल बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष लोकमान श्रेष्ठ,नेकपा एमालेका खुदुनाबारी अध्यक्ष बम बहादुर कार्की,नेपाली काग्रेसका पूर्व खुदुनाबारी उपसभापति जीवन भण्डारी,नेपाली काग्रेसका महाअधिवेसन प्रतिनिधि पुण्य ओझा,नेकपा माओवादी केन्द्रका नेता भीम चौहान,राप्रपाका खुदुनाबारी अध्यक्ष इन्द्र बहादुर बुढाथोकी,जुकेखाडी सामुदायिक वनका अध्यक्ष दिव्य कट्टेल,सरस्वती प्रा.वि.का प्रध्यानध्यापक इश्वर खवास लगायतले खानेपानीका महत्वपूर्ण सवालहरु माथि प्रकास पारेका थिए ।
बेल्टार खानेपानीको बार्षिक प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम अध्यक्ष आचार्यले बाचन गरि सुनाएका थिए । खानेपानीका सम्बन्धी उठेका सवालहरुमाथि खानेपानी महासंघ झापाका अध्यक्ष समेत आचार्यले जवाफ दिएका थिए ।

कार्यक्रममा ०७२÷०७३ को आम्दानी तथा खर्चको विवरण खानेपानी समितिका सचिव खगेन्द्र ढुङ्गेल प्रस्तुत गरेका थिए । आन्तरिक लेखा समिति सहित मलेप प्रतिवेदन लेखा समिति सदस्य चुडामणि खनालले बाचन गरेका थिए । कार्यक्रमको संञ्चालन सचिव खगेन्द्र ढुङ्गेल र कार्यसमिति सदस्य निर्माण आचार्यले संयुतm रुपमा गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर