Aamsanchar

खोटाङमा साबुन उद्योग सुरु

Author Image
बुधवार, पौष ६, २०७३

खोटाङ,

ba9d730f24d59d4d4837e7f66bf32934

खोटाङ सदरमुकाम दिक्तेलमा साबुन उद्योग सुरु भएको छ । दिक्तेल नगरपालिका–९ का युवाद्धय सुरेश कार्की र नरेन्द्र कार्कीले संयुक्तरुपमा सुरु गरेको साबुन उद्योग घरेलु तथा साना उद्योग विकास समिति खोटाङका प्रमुख लोकनाथ खतिवडाले उद्घाटन गर्नुभएको हो ।

गएको मंसिरमा साबुन उत्पादन सम्बन्धी तालिम लिएका कार्कीद्धयले ७ लाखको लगानीमा दिक्तेलमा आफ्नै साबुन उद्योग सुरु गरेका हुन् । काठमाडौंबाट केमिकल लगायतका कच्चा पदार्थ ल्याएर साबुन उत्पादन गर्दै उद्योग सुरु गरिएको उद्योगका प्रोपाईटर सुरेश कार्कीले बताउनुभयो ।

डल्लो र आयताकारको स्थानीय साबुन बजारमा तराईबाट आउने साबुन सरह गुणस्तर, मूल्यमा पाउन सकिने उद्योगले दाबी गरेको छ । तीन वटा साबुन अटाइएको एक किलो बराबरको साबुनको एउटा प्याकको मूल्य ९० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर