Aamsanchar

आगलागी पीडितलाई राहत जम्मा हुँदै

Author Image
बुधवार, पौष ६, २०७३

भोजपुर ।

aago

भोजपुरका आगलागी पीडितलाई राहत रकम जम्मा हुने क्रम जारी रहेको बताइएको छ ।

मलेसियामा कार्यरत भोजपुरेले सङ्कलन गरेर पठाएको रकम मङ्गलबार नेपाल पत्रकार महासङ्घ भोजपुरको रोहवरमा जिल्ला दैवीप्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको नेपाल पत्रकार महासङ्घ भोजपुरका कार्यवाहक अध्यक्ष एक्सन राईले जानकारी दिनुभयो ।

मलेसियाबाट प्राप्त नेपाली रु ५१ हजार ६१५ रकम नेपाल पत्रकार महासङ्घ भोजपुरले दैवीप्रकोप उद्धार समितिमा जम्मा हुने गरी सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेलाई हस्तान्तरण गरेको हो । सहयोग सङ्कलनका लागि मलेसियामा रामबहादुर तामाङको संयोजकत्वमा आर्थिक सङ्कलन अभियान समिति समेत गठन गरिएको थियो ।

गत मङ्सिर ५ गते भोजपुर सदरमुकाममा भिषण आगलागी हँुदा आठ घर जलेर नष्ट भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर